Connect with us
Kapilvast Forest

शिक्षामन्त्रीले नै जातीय विभेदको संरक्षण गरेको भन्दै चौतर्फी विरोध

२०७८, १४ असार सोमबारमा प्रकाशित

गोरखा-सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध प्रदर्शन भएका छन्।

सरकारवादीमा मुद्दामा पीडितलाई न्याय दिलउनुपर्ने सरकारका मन्त्रीले नै अनुसन्धान र मुद्दा प्रक्रियामा हस्तक्षेप गरेको भन्दै संयुक्त राजनीतिक संघर्ष समिति, दलित अधिकारकर्मी, विद्यार्थी संगठन, संघसंस्था र राजनीतिक भ्रातृ संगठनहरूले देशैभरि विभिन्न ठाउँबाट विरोध प्रदर्शन गरेका हुन् ।

गत १ असारमा कोठा भाडा लिने क्रममा काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानले जात थाहा पाएपछि कोठा नदिएको भन्दै संचारकर्मी सुनारले ३ असारमा महानगरीय वृत्त अनामनगरमा जाहेरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई पक्राउ गर्न ४ असारमै पक्राउ पुर्जी लिएको थियो । तर, ६ असारमा मात्रै घरधनी प्रधानलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको क्रममा रहेको मुद्दामा शिक्षामन्त्री श्रेष्ठले ८ असारमा प्रहरी वृत्तमै पुगेर पीडक प्रधानलाई रिहा गराएपछि दलित अधिकारकर्मी विरोधमा उत्रिएका हुन् ।

जातीय विभेदको मुद्दामा बहालवाला मन्त्रीले नै हस्तक्षेप गरेपछि त्यसको विरोधमा दर्जनौँ जिल्लामा विरोध प्रदर्शन, राँके जुलुस र पुत्ला दोहन भएको छ । गोरखामा दलित युवाहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै गोरखाबजारमा संयुक्त सचेत दलित संघर्ष समितिले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो । युवा अभियान्ता सुमित्रा मंग्राती र आशा उपरकोटीको संयोजनमा विरोध प्रर्दशन भएको हो ।

घटनाका विषयमा बृहत् नागरिक आन्दोलन, राष्ट्रिय दलित आयोग, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनलगायतले विरोध गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu