Connect with us
Kapilvast Forest

शिवराजमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

२०७८, १५ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु -आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । २०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ ।

रोपाइ कार्यक्रममा नगरपालिकाका नगर प्रमुख नेत्र राज अधिकारी, उप प्रमुख शिव कुमारी थारु प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल , कृषि शाखा प्रमुख तारा चन्दचौधरी,वडाध्यक्षहरू , कपिलवस्तु शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोक राज पंन्थी, स्वास्थ्य शमखा प्रमुख भुरामणि भट्राइ,शिक्षा शाखा अधिकृत पुर्ण विश्वकर्मा लगायत  नगरपालिकाका कर्मचारी, किसान लगायत    स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाएको छ ।