Connect with us
Kapilvast Forest

कर्णाली प्रदेश सरकारले उत्कृष्ट किसानलाई सुनको हलो दिने

२०७८, १६ असार बुधबारमा प्रकाशित

karnali-pardes.jpg

सुर्खेत – कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताउनुभएको छ ।

‘१८ औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने कार्यक्रममा कृषि मन्त्री शाहीले आर्थिक वर्ष २०७८/०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने र यसमा उत्कृष्ट कार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताउनुभयो ।

कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिक टन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ, उहाँले भन्नुभयो, उत्पादनमा वृद्धि ल्याइ कृषिमा आत्मनिर्भरता बढाउन किसानलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट किसानसहित अन्य किसानलाई पनि सम्मान गरिनेछ ।

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मकै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न किसानलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कर्णालीमा सातै प्रदेशमध्ये धान कम हुने भए पनि प्रदेश सरकारले यो खेतीमा महत्त्व दिएको जनाउनुभयो । धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेतीयोग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीसाथ लाग्न उहाँले आग्रह गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu