Connect with us
Kapilvast Forest

कपिलवस्तु असार २३ गते पुर्ण खोप जिल्ला घोषणा हुदै

२०७८, २० असार आईतवारमा प्रकाशित

khop

कपिलवस्तु -लामो प्रयास पछि कपिलवस्तु पुर्ण खोप जिल्ला हुने भएको छ । जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि आउने असार २३ गते कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा हुने निश्तित भएको हो । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पुर्ण खोप हुन घोषणा हुन लागेको हो ।

जिल्ला खोप समन्वय समितिको सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरे पछि कपिलवस्तु पुर्ण खोप हुन लागेको हो । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पुर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पुर्ण खोप जिल्ला घोषण हुन लागेको बताउनु भयो ।

बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताउनु भयो । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ ।

यस्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताउनु भयो ।

एक बर्ष देखिको लामो प्रयास पछि कपिलवस्तु पुर्णखोप जिल्ला हुन लागेका उहाँले बताउनु भयो । स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यातमा असार २३ गते कपिलवस्तु नगरपालिको सभा हलमो पुर्ण खोप घोषणाको कार्यक्रम रहेको उनले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu