निर्वाचन आयोग पुगे जसपा नेताहरु
काठमाडाैं-जनता समाजवादी पार्टी (जसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएपछि नेताहरु आयोग पुगेका हुन् ।
छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी छन् भने उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ र प्रकास अधिकारी लगायत नेताहरु सहभागी रहेका छन् ।
उपेन्द्र पक्षले एकताका लागि महन्थ पक्षले गल्ती स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने शर्त राखेको छ।
यता, महन्थ पक्षले पूनर्गठित कार्यकारिणी समितिको मान्यतालाई सहमतिको ‘बटमलाइन’ बनाएको छ।दुबै पक्ष आफ्नो अडानमा कायम रहेकाले सहमति जुट्ने सम्भावना भने न्यून देखिएको छ । तर नेताहरु भने अझै एकताका लागि प्रयासरत रहेका छन् ।