४५ लाखको बाउन्स चेक दिने जबरा पक्राउ
काठमाडौं-बैंकमा पर्याप्त रकम नभएको जानकारी हुदाँ हुँदै चेक काटेर भुत्तानी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कुपण्डोल ठेगाना भएका ५० वर्षीय शिशिर शमशेर जबरालाई प्रहरीले पक्राउ गरी कारवाही अघि बडाएको छ ।
उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार उनलाई प्रहरीले काठमाडौं बिजुलीबजारबाट पक्राउ गरेको हो ।
जानी जानी झुक्यानमा पारी नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपैंया बराबरको चेक
काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।