चोरीको मोटरसाइकल धनीलाई हस्तान्तरण
निषेधाज्ञाको समयमा विभिन्न ठाउँबाट हराएका माेटरसाइकल र स्कुटरलाई मङ्गलवार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएकोमा ३३ वटा माेटरसाइकल र ८ वटा स्कुटर रहेका छन् ।
पछिल्लो समय चोरी भएर पक्राउ परेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको छ । युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर माेटरसाइकल बढी चोरी हुने गरेको बुझाइ महाशाखाको छ ।
यस आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिइएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ।