Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा मेलम्ची अवलोकन

२०७८, २६ असार शनिबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढीपीडित क्षेत्र मेलम्चीमा पुगेर स्थलगत अवलोकन गर्नु भएको छ । शनिबार त्यहाँ पुगेर प्रम ओलीले समाजसेवा देखाउनका लागि आफ्नो भ्रमण नभएको बताउनु भएको छ ।

त्यहाँ पुगेर प्रधानमन्त्री ओलीले राहतमा पनि स्वार्थ लुकेको बताउँदै राहतलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मेलम्चीमा राहत दिने नाममा कोही फेसबुकमा राख्ने, कोही धर्म प्रचारमा आउने गरेको बताउँदै राहतमा स्वार्थ राखेर समाजसेवा नहुने बताउनु भयो ।

उहाँले राहत वितरण गर्ने जोकोहीले पनि स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मेलम्चीको पूनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने समेत बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu