उपेन्द्र यादवले मागे परराष्ट्र मन्त्रालय
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी बन्ने भएको छ। गठबन्धमा रहेका कांग्रेस र माओवादीले मन्त्री छान्ने काम गरिरहेका बेला उपेन्द्र यादव पनि त्यसको आन्तरिक तयारीमा जुटेका छन्।
यादवले सरकारमा जानका लागि संघीय परिषद् सदस्य बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफलमा जुटेका छन्।प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका देउवासँग यादवले परराष्ट्र मन्त्रालय माग गरेको जसपा स्रोत बताउँछन्। यादव यसअघि पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
गठबन्धनका तर्फबाट आज कांग्रेस र एमाले दुई दुई जना मन्त्री बन्ने सम्भावना रहेको बताइको छ। तर जसपाले भने आजै सरकारमा सहभागी नजाउने बताइएको छ।