देउवाले आजै विश्वासको मत लिने भएछन्गो:कुल बाँस्कोटा
काठमाडौं-नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको बताउनुभएको छ ।सर्वोच्च अदालतको परमादेशअनुसार गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज विश्वासको मत लिन लागेको बताउनुभउको हो । उहाँले सामाजिक सञ्जाललमा लेख्नुभएको छ ‘आजै लिने भएछन् विश्वासको मत। हिजोको काँडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको र त्यसको फिडब्याक र आउटकम भएको उनले उल्लेख गर्नु भउको छ ।
नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पार्टी छाडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएको छ। त्यसले गर्दा एमाले विभाजनको संघारमा छ।