Connect with us
Kapilvast Forest

पार्टीको बैठक बालुवाटारमा नराख्नुहोला :गगन थापा

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बालुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिनु भएको छ ।

थापाले लेख्नु भएको छ–‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौँ । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu