Connect with us
Kapilvast Forest

चुनौतिका बाबजुुद पनि महाराजगंज योग्य नगर बनेको छ:नगर प्रमुख कलाम

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु जिल्लामा दस वटा स्थानीय तह रहेको मध्ये ६ वटा नगरपालिकाहरु नै छन् । ति मध्येपनि पूर्वाधार, चेतनाको स्तर र आन्तरिक श्रोतमा समेत पछाडी रहेको यस नगरपालिकालाई नगरपालिका भन्न योग्य बनाउन नै चुनौतिपूर्ण रहेको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो ।

बिभिन्न कारणले पछि परेको महाराजगंज नगरपालिकाको विकास चुनौतीपुर्ण रहे पनि चार बर्ष देखि योजनाबाद्धढंगले सुरुवात गरेको मेयर खाले बताउनुभयो । प्रमुख कलामले आन्तरिक आम्दानी नगन्य रहेको र संघीय बजेट विनियोजनमा समेत ठगिएको अवस्थामा हामी रहेको बताउनुभयो ।

दरबन्दीको आधा कर्मचारीले गर्दा पनि गरिएको निर्णय समेत कार्यान्वयमा ढिलाई भएको छ । ‘ महाराजंगमा रहेको ९० प्रतिशत गाउँ हिलो मुक्त गराएका छौ । स्वास्थ्य तर्फ सेवाको संख्या र गुणस्तरमा बृद्धि भएको छ । शैक्षिक संस्थाहरुको स्तरोन्नती र पहुँच बढेको छ । ’ उहाले भन्न्भयो ।

आन्तरिक आम्दानी न्युन रहेको नगरपालिकामा प्राकृतिक साधन स्रोतको रुपमा माटो मिसिएको बालुवा रहेको दुई वटा नदीहरु बाहेक कुनै प्राकृतिक स्रोत छैनन्। माटोलाइ पकाएर इट्टा बनाउने भठ्ठाहरु अन्य पालिकाको तुलनामा प्रशस्त रहेका छन ।

‘ ८० प्रतिशत भठ्ठाहरुले नगरपालिकालाई कर दस्तुर राजश्व केही दिन मान्दैनन् त्यसैले आन्तरिक आम्दानी नगन्य बराबर छ ’ उहोले भन्नुभयो । कर्मचारीहरुको संख्या दरबन्दी भन्दा कम भएतापनि सेवा प्रति प्रतिवद्ध भएकोले विकासले गति लिएको कुरा प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj