शाक्य समाजद्धारा ४० बिपन्न परिवारलाई खाद्यान्न
कपिलवस्तु-शाक्य समाज कपिलवस्तुले कोरोना भाईरसका कारण लडाडाउनले मारमा परको तौलिहवा क्षेत्रका ४० बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । भियतनाम भिक्षु टेम्पल अमेरिकाको सहयोगमा समाजले उनीहरुलाई खादान्न बाडेको हो ।
समाज अध्यक्ष रबि चन्द्र शाक्य, सल्लाहकार राम प्रसाद कोईराला लगायतलको समाजको टीमले बिपन्नलाई राहत हस्तान्तरण गरेको थियो । १५ किलो चामल, ५ किलो पीठो तेल, नुन, सर्फ, साबुन मास्क लगातयका सामाग्री बाडिएको थियो ।
भियतनाम भिक्षु टेम्पलले समाजलाई ५ सय अमेरिकी डलर पठाएको थियो । त्यही पैेसाले आफुहरुले बिपन्नलाई राहत बाडेको अध्यक्ष शाक्यले बताउनुभयो । समाजले थप सहयोग जारी राख्ने उहाँले बताउनुभयो ।