Connect with us
Kapilvast Forest

‘नेम्वाङले धारा ७६ (५) काे गलत व्याख्या गर्नुभयाे :प्रधानमन्त्री देउवा

२०७८, ८ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनुभएकाे छ ।

प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उहाँले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी हिँड्नु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नुभयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नुभएको थियो भने– अब कहिल्यै पनि पार्लियामेन्ट भङ्ग हुने छैन । म उहाँले बोल्नुभएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदलाई ह्विप नलगाएको दाबीसमेत गर्नुभयो । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’ , उहाँले भन्नुभयो, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्विप भनेर उल्टो कुरा गर्नुभयो ।’

देउवाले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरूलाई धन्यवादसमेत दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu