Connect with us
Kapilvast Forest

श्रीमानको हत्या गर्न लाखौंको सुपारी दिएको खुलासा

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिकाकी एक महिलाले श्रीमानको हत्या गर्न पेशेवर अपराधीलाई लाखौंको सुपारी दिएको खुलेको छ ।नगरपालिकाको वडा नम्बर ३ का ३६ वर्षे सरोज भनिने श्रवण थापालाई श्रीमती पूजाले पेसेवर अपराधीमार्फत् हत्या गराएको खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

असार ३१ गते बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको स्मृति पार्क नजिक सरोजको शव फेला परेको थियो। श्रीमती पूजाले आफ्नी बहिनीमार्फत् पेसेवर अपराधी बोलाएर श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ।

सरोजको टाउको पछाडि ढुङ्गाले हिर्काएर हत्या गरिएको पोष्टमार्टमले देखाएको थियो । हत्या आरोपमा प्रहरीले सर्लाही रौतहटको गढीमाई नगरपालिका–६ बखरीका जिला भनिने श्रीनारायण महरा, वडा–२ का मुकेश साह, धनकौल गाउँपालिका–३ हरकटवाका प्रमोद सिंह र टिआई सहनीलाई पक्राउ गरेको अधिकारीले जानकारी दिनुभयो ।

अपराधीलई साढे ४ लाख सुपारी बुझाएर पूजाले श्रीमानको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सरोजको हत्या आरोपी पूजा भने फरार रहेकी छिन्।