Connect with us
Kapilvast Forest

टेबुलको शासन चलाएर मात्र हुन्न, नतिजा देखाउनुपर्छ :अर्थ मन्त्री शर्मा

२०७८, १८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीले पद बहाली गर्नुभएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थ सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइ गरिएको छ ।

मन्त्रालयमा भएको कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गर्नुभएको हो । कार्यक्रममा अर्थ मन्त्री शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभयो । आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीलाई समेत राम्रो काम गर्न निर्देशन दिनुभयो ।

‘मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो–छिटो काम गर्नुपर्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘मन्त्रीले जानेर वा अन्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍याे भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।’

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा निवर्तमान अर्थ सचिव ढुङ्गानाले कोभिड १९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर बिस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो । कोभिड महामारीकै बीच राजस्व सङ्कलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्न सक्ने गरी वैदेशिक मुद्राको सञ्चिति रहेको, रेमिट्यान्स बढ्नुका साथै औपचारिक च्यानलमा आएको, निर्यात बढेकाे लगायतका सकारात्मक परिसूचकसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो ।

अर्थ मन्त्रालय र मातहतका निकायमा १३ वर्ष नाै महिना काम गर्नुभएका सचिव ढुङ्गानाले आउँदा दिनमा सामना गर्नुपर्ने चुनौतीका बारेमा चर्चा गर्दै अन्तर–सरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवर्द्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रित गर्नुुपर्ने सुझाव दिनुभयो ।

स्वागत तथा बिदाइ कार्यक्रमको सहजीकरण गर्दै राजस्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइले अर्थ मन्त्रालयमा सिर्जना हुन सक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्बद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । राजस्व सचिव पुडासैनी साउन २४ गते शनिवारदेखि सेवा निवृत्त हुनुहुँदैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu