‘द हन्ड्रेड’: विलीको अलराउन्ड प्रदर्शनमा सुपरचार्जर्सले लन्डनलाई हरायो
एजेन्सी- कप्तान डेभिड विली ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि नर्थन सुपरचार्जर्सले द हन्ड्रेड क्रिकेटमा दोस्रो जीत निकालेको छ । मङ्गलबार राति भएको खेलमा सुपरचार्जर्सले लन्डन स्पिरिटलाई ६३ रनको फराकिलो अन्तरले हरायो ।
सुपरचार्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको लन्डन पूरा १०० बल खेल्दै ९ विकेट गुमाएर ९२ रनमै रोकियो । कप्तान इयान मोर्गानले २७ तथा लुइस रीसले २४ रन बनाए । सुपरचार्जर्सका बेन रेइनले ३ विकेट लिँदा विली, आदिल राशिद र मुजीब उर रहमानले १-१ विकेट लिए । विलीले ९ रन मात्र दिएर २ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेर सुपरचार्जर्सले निर्धारित १०० बलमा ३ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान विली ८१ रनमा अविजित रहे भने उनलाई डेन भिलासले २२ रन बनाएर साथ दिए । ह्यारी ब्रुकले २८ रन बनाए । लन्डनका मोहम्मद नाबी, ब्लेक कुलेन र मेसन क्रेनले १-१ विकेट लिए ।
जीतसँगै ५ खेलबाट ५ अंक भएको सुपरचार्जर्स तेस्रो स्थानमा उक्लिएको छ भने जीतविहीन रहेको लन्डन १ अंकका साथ पुछारमा छ । लन्डनको एक खेल नतिजाविहीन भएकाले १ अंक जोडेको गियो ।