Connect with us
Kapilvast Forest

बाढीका कारण मेलम्चीमा थप १८ घरपरिवार विस्थापित

२०७८, २१ श्रावण बिहीबारमा प्रकाशित

सिन्धुपाल्चाेक – गएकाे साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् ।यसअघि गएकाे असार १ गते आएको बाढीका कारण त्यही ठाउँका सात परिवार विस्थापित भएका थिए। त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिनुभयो।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिनुभयो ।

विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर हिजाे नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको जानकारी दिनुभयो।

खोला नियन्त्रणमा थप जनशक्ति परिचालन

जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कार्यलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नगरपालिकाको उच्च जोखिममा रहेका गैरा बगर र तल्लो बजारको विभिन्न ठाउँमा ग्याविन वाल लगाउने काम भइरहेको अधिकृत धितालले जानकारी दिनुभयो।

बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिनेसमेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई २५ हजारदेखि १० हजार रुपैयाँ नगद सहयोग गर्नेसमेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu