Connect with us
Kapilvast Forest

सभामुख सापकोटा र मन्त्री भुषालबीच भेटवार्ता

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

 

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।

सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा समेत छलफल भएको न्यौपानेले बताउनुभयो । वर्षा सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान, बाढी पहिरो नियन्त्रणका विषयमा पनि छलफल भएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या बाढी पहिरोकाकारण विस्थापित भएको छ ।

सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसक्नुभएको छ । सभामुख र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदैआएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu