सरकारले तुइन प्रकरणमा समिति बनाएर टार्न खोज्योः कोमल वली
काठमाडौँ- राष्ट्रियसभा सदस्य कोमल वलीले दार्चुलामा भएको तुइन प्रकरणमा सरकारले समिति बनाएर टार्न खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको आरोप लगाउनुभएको हो ।
बैठकमा बोल्दै वलीले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी समेत गर्नु भएको छ । उहाँले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने दाबी गनुृ भएको छ ।
‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने रु समिति बनाएर टार्ने रु यही हो बिपीका अनुयायीहरुको चरित्र रु यो बिपी कोइरालाको अपमान हो,’ उहाँले भन्नुभयो ।