Connect with us
Kapilvast Forest

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वअध्यक्ष मृत फेला

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

धनकुटा -राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका पूर्वअध्यक्ष हरिभक्त वान्तवा राई मृत फेला पर्नु भएको छ । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झुण्डिएको अवस्थामा ८२ बर्षीय राई शुक्रबार बिहान मृत भेटिनु भएको हो ।

सानो रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा राई मृत फेला परेको प्रहरीले जनाएको छ । उहाँको खुट्टा भुइमा टेकिएको अवस्थामा शव भेटिएको छ । उहाँले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । किरात राई यायोक्खा धनकुटाका संस्थापक अध्यक्षसमेत रहेका राई जनता समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राईका बुवा पनि हुनुन्छ ।

छोरी पार्वतीको घर र उहाँको घरसँगै जोडिएको छ । ‘बुवालाई नशासम्बन्धी समस्या पनि थियो, औषधि खादै आउँनु भएको थियो,’ छोरी पार्वतीले भन्नुभयो , ‘हिजो बेलुका ९ बजेतिर बुवालाई खाना र औषधि खुवाएर छुटेको थियौं । अहिले बिहान यस्तो अवस्थामा भेटियो ।’

मृतक राईले दुइवटी श्रीमति बिवाह गर्नु भएको थियो । जेठी श्रीमतिको मृत्यु भइसकेको छ भने, कान्छी श्रीमति पनि उहाँको साथमा हुनुन्न । उहाँका जेठीपट्टीका तीन छोरी र एक छोरा र कान्छी पट्टीका २ छोरी रहेको परिवारले जनाएको छ । कान्छी श्रीमति छोरीहरु लिएर केही बर्षअघि अन्तै गएकाले उहाँ त्यही बिषयमा चिन्तित हुनुन्थ्यो । सोही कारण उहाँले आत्महत्या गरेको हुनसक्ने परिवार स्रोतको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu