Connect with us
Kapilvast Forest

प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्ता गर्दै विद्यालय सञ्चालन

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

रामेछाप – रामेछापमा जिल्ला प्रशासन कार्यालयले कोरोनाका संक्रमित बढेको भन्दै विद्यालय सञ्चालनमा रोक लगाएको सूचना सार्वजनिक गरे पनि विद्यालयमा पढाइ भने बन्द भएको छैन ।

प्रशासनको निर्देशनको बेवास्ता गर्दै केही सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमै नियमित पठनपाठन गराइरहेका छन् ।

रामेछापमा पछिल्लो समय दैनिक २० देखि ६५ जनामा कोरोना संक्रमण देखिने गरेको छ । जिल्लामा अहिले २ सय ९६ जना सक्रिय कोरोना सङ्क्रमितहरु रहेका छन् । संक्रमित बढ्दै गएका कारण जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना मार्फत विद्यालय र सभासम्मेलन लगायतका क्षेत्रहरु अर्को सूचना जारी नभएसम्म बन्द गर्ने जनाएको छ । प्रशासनले सार्वजनिक गरेको सूचनालाई लत्याउँदै ग्रामीण भेगका सामुदायिक विद्यालयहरुले भौतिक उपस्थितिमै नियमित पठनपाठन शुरु गरेका हुन् ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पनि अपनाइएको छैन । कोरोना महामारी बढीरहेको बेला विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन हुन थालेपछि संक्रमित हुने डरले कतिपय अभिभावकहरुले आफ्ना छोराछोरीलाई विद्यालय पठाएका छैनन् ।

‘बिहान विद्यालय गएका केटाकेटी फर्केर आउँदा ज्वरो लिएर आउँछन् कि भन्ने डर लाग्छ, त्यसैले हामीले छोराछोरीलाई विद्यालय पठाएका छैनौँ’, मन्थली नगरपालिका–१३ फुलासीका ओमकार अधिकारीले भन्नुभयो, ‘यस्तो समयमा विद्यालय सञ्चालन गर्नुभन्दा विद्यालय बन्द गराउनु नै राम्रो हुने थियाे ।’

यता मन्थली नगरपालिका प्रमुुख रमेशकुमार बस्नेत भने नगरशिक्षा शाखाको अनुमति लिएर विद्यालय सञ्चालन गरेको बताउनुहुन्छ । १५ देखि २० जनासम्म मात्रै विद्यार्थी राखेर नियमित आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरिएको र मन्थली नगरपालिकाले नियमित विद्यालयको अनुगमन समेत गर्दै आएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu