Connect with us
Kapilvast Forest

६० वर्षमाथिका पाँच हजार ४१३ जनाको ज्यान गयो

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

 

काठमाडौं-नेपालको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको हो ।

नेपालमा कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने उमेर समूहमा ६० भन्दा माथिका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६० वर्षदेखि माथिकाे उमेर समूहका पाँच हजार ४१३ जना ज्येष्ठ नागरिकले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ज्यान गुमाउने सात जना उमेर नखुलेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना महामारी कालमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकले ज्यान गुमाएको बताउनुभयो । उहाँले उमेर बढ्दै जान्छ सङ्क्रमण भएपछि मृत्यु हुनेको तथ्याङ्क स्वतः बढ्दै जाने बताउनुभयो ।

‘जसरी उमेर बढ्दै जान्छ सङ्क्रमण भएपछि मृत्यु हुने सम्भावना पनि बढ्दै जान्छ,’ उहाँले भन्नुभयो,‘बालबालिकाको हकमा पनि यहि नियम लागू हुन्छ ।’

त्यसोत स्वास्थ्य मन्त्रालयद्वारा सर्वाजनिक तथ्याङ्कअनुसार नेपालमा कोरोना महामारी शुरु भए यता हाल (आइतबार)सम्म ०–९ वर्ष उमेर समूहका ४५ जना बालबालिकाले अल्पयुगमै ज्यान गुमाएका छन् । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ५० जना बालबालिका र २० देखि २९ वर्ष उमेर समूहका ३१० जना किशोरकिशोरीले कोरोना महामारीका कारण अकालमै ज्यान गुमाउनु परेको छ ।

त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका ८३३ जना, ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४४९ जना र ५० देखि ५९ वर्ष उमेर समूहका एक हजार ९८६ जनाले कोरोनाका कारण ज्यान गुमाए ।

नेपालमा २०७७ चैत २ गतेदेखि कोरोनाको दोस्रो लहर शुरु भएको मानिन्छ । चैत पहिलो सातादेखि सङ्क्रमितको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गर्दा २०७८ वैशाखको अन्तिम साता दोस्रो लहर उच्च विन्दुमा पुगेको थियो ।

दोस्रो लहर शुरुभएको दुई महिनाको अवधिमा जेठ ४ गते सबैभन्दा धेरै २४६ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए भने त्यसपछि क्रमशः मृत्यु कम हुन थालेको थियो । तर, पछिल्लो सातादेखि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएसँगै मृत्युदर पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाबाट २४ घण्टामा ५५ जनाले ज्यान गुमाएका छन् । शनिबार १९ जनाले, आइतबार २५ जनाले, सोमबार ३५ जनाले र मंगलबार २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयलद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा २०७७ जेठ ३ गतेदेखि हाल (आइतबार)सम्म १० हजार ९३ जना नागरिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसले विश्वमा ४३ लाख सात हजार ५३६ जनाको ज्यान लिइसकेको छ । कोभिडबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका रहेको छ भने ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।
अमेरिकामा हालसम्म छ लाख ३३ हजार ११६ जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा पाँच लाख ६३ हजार ४७० जनाले र भारतमा चार लाख २८ हजार ३३९ जनाले ज्यान गुमाइसकेका छन् । तर, सङ्क्रमितको अवस्था हेर्ने हो भो भारत दोस्रो र ब्राजित तेस्रो स्थानमा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu