Connect with us
Kapilvast Forest

तुलसीपुरमा पनि मास्क अभियान सुरु

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

 

 

दाङ- कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दाङमा सचेतना अभियान सुरु भएको छ । जिल्लाको तुलसीपुरमा कोरोना सचेतना प्रदान गर्दै सरोकारवालहरु सडकमा निस्किएका छन् ।
कोरोना संक्रमण रोक्ने प्रमुख आधार मास्क नै भएको भन्द तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको अगुवाईमा मास्क खोई अभियान सुरु भएको छ । तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टर्स क्लव दाङलगायतको सहकार्यमा मास्क खोई अभियान सञ्चालनमा आएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क बितरण अभियान सुरु गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।
‘चाड पर्व नजिकिएसँगै बजारमा अस्वभाविक भिडभाड सुरु भएपछि कोरोना संक्रमण रोकथाम गर्न मास्क खोई अभियान सुरु गरेका छौं’, अध्यक्ष चालिसेले भन्नुभयो, ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु । म जिम्मेवार नेपालीलगायतका सचेतनामुलक नारा लिएर नागरिकलाई मास्क लगाउन प्रेरित गरिरहेका छौं । हाम्रो अभियानले सार्थकता पाउँदै गएको छ ।’
त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरले मास्क लगाउन अटेरी गर्ने नागरिकलाई कानुनी कारबाही गर्ने जनाएको छ । प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पटक पटक स्वास्थ्य सम्बन्धी मापदण्डको पालन गर्न अनुरोध गरे पनि व्यवसायी तथा आम नागरिकले अटेरी गरेमा कानुनी कारबाही गरिने बताउनुभयो छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu