Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि मास्क अभियान

२०७८, २५ श्रावण सोमबारमा प्रकाशित

चन्द्रौटा-कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कपिलवस्तुमा सचेतना अभियान सुरु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं। ०१ स्थित रहेको सामुदायिक प्रहरी कार्यालय अगाडी शिवालय मन्दिर देखी भित्री बजार,जिल्ला प्रशासन कार्यालय चोक हुदै पुरानो हाटबजार सम्म जिल्ला जनस्वास्थ्य कार्यालय तौलिहवाका कर्मचारीको आयोजनामा प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे , जिल्ला प्रहरी कार्याल कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्की , सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर नं।२८ गणका प्रहरी उपरीक्षक धुर्व बहादुर कार्की, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख , वित्तिय बैंक तथा संघ संस्थाका प्रमुख तथा कर्मचारीहरुकोरोना सचेतना प्रदान गर्दै   सडकमा निस्किएका थिए ।

 

कोरोना संक्रमण रोक्ने प्रमुख आधार मास्क नै भएको भन्दै सचेतना प्रदान गर्दै १५० जना बढी मानिसहरुलाई १२ सय वटा मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

‘चाड पर्व नजिकिएसँगै बजारमा अस्वभाविक भिडभाड सुरु भएपछि कोरोना संक्रमण रोकथाम गर्न मास्क खोई अभियान सुरु गरेको मुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताउनु भयो । मास्क लगाउन अटेरी गर्ने पटक पटक स्वास्थ्य सम्बन्धी मापदण्डको पालन गर्न अनुरोध गरे पनि अटेरी गरेमा कानुनी कारबाही गरिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu