संगठन निर्माण अभियानलाई तिब्रता दिदै माओवादी
कपिलवस्तु-नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धभूमी नगरकमिटिले संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ । साउन २५ गते बसेको नगर कमिटि वैठकले नेकपा विभाजन संगै रिक्त स्थान तथा क्षेत्रहरुमा भेला गरि संगठनलाई पुर्ननिर्माण गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप बुद्धभूमीका १० वटै वडाहरुमा भेला गर्ने भएको छ । केन्द्रिय परिपत्र अनुसार साउन महिना भित्र वडा भेला सम्पन्न गर्ने गरि क्रियाकलापहरु अघि बढाइएको नेकपा माओवादी केन्द्र बुद्धभूमीका अध्यक्ष बसन्त गिरीले जानकारी दिनुभयो ।
यसै बिच बुद्धभूमी नगरपालिका वडा नं. १० को आज बसेको भेलाले २१ सदस्सीय नेकपा माओवादी केन्द्र वडा कमिटि गठन गरेको छ । पार्टीको वडा अध्यक्षमा नजाम फकिर र सचिवमा ओमप्रकाश पासीलाई भेलाले चयन गरेको छ । यसै गरि सदस्यहरुमा सनाउल्लाह मुसलमान, जमिउल्लाह मुसलमान, विष्णु पासी, सुगना धोबी, अगरज विश्वास, रामकेवल केवट, राम पलक केवट, बाबुलाल केवट, गोर्बधन कुर्मी, दशरथ थारु, अनिस मुसलमान, श्रीराम यादव, हरिराम कुर्मी, गुलाम फकिर, विन्दा पासी, तेज बहादुर चौधरी, चम्पा केवट, रामजियाउल यादव,कानी अहिरीन लगायत रहेका छन् ।
भेलाबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै भलाका प्रमुख अतिथी माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडेले जनताको दैनिक समस्या समाधान र जनचेतना वृद्धि गर्दै समुन्नत समाज बनाउदै लैजान निर्देशन दिनुभयो । माओवादीले विचार, आस्था, उद्धेश्य र एजेण्डा बोकेर हिड्ने पार्टी भएकाले आर्दशको राजनिति गर्दै आएको दाबी गर्नुभयो ।
पार्टी एकीकरण पछि ओलीले माओवादी आन्दोलनलाई बदनाम गर्न खोजेको, जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनले प्राप्त उप्लव्धि गुम्ने अवस्था आएपछि प्रतिकारमा उत्रदा वृहत कम्यूनिष्ट पार्टी स्थापनाको लक्ष्य पुरा नभएको भन्दै अब माओवादी एक्लैले आर्दश र निति सहितको वृृहत कम्यूनिष्ट पार्टी स्थापना गर्ने र त्यसमा केहि समय लाग्ने बताउनुभयो । जिल्लामा एमाले नेतृत्वको ३ वटा सुकुम्बासी आयोग बन्दा कति सुकुम्बासीले लालपूर्जा पाए यसबारे जनताले प्रश्न गर्न आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष बसन्त गिरीले स्थानीय सरकारले जनताको आखाँमा छारो हालेर गरेका कमसल, गुणस्तरहीन र फर्जि विकास निर्माण र त्यसको आडमा कार्यकर्ता पोस्ने खेल नजिकैबाट नियालेर बसेको र आउने निर्वाचनमा जनताको बिचमा प्रमाण सहित भण्डाफोर गरेर छाड्ने बताउनुभयो ।
स्थानीय सरकारमा सुशासन नहुदा जनताले सास्तीमा र कर्मचारी जनप्रतिनिधी मस्तीमा रहेको दाबी गर्दै जनताको ढाड सेक्ने गरि असुलेको करले गरेको मस्ती अब धेरै दिन नटिक्ने बताउदै अब जनताले बदला लिने बेला आएको हुदा सबै मिलेर भ्रष्टाचारी जनप्रतिनिधी तथा कर्मचारीहरुलाई सामाजिक बहिष्कार गर्न अपिल गर्नुभयो । सबै वडाको भेलाले पार्टीलाई थप शशक्त बनाएर लैजाने र जनताको मुद्धा स्थापित गर्न मद्धत गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।