Connect with us
Kapilvast Forest

कार्यकता भेटघाट कार्यक्रम: पूर्व मन्त्री महतो कपिलवस्तुमा

२०७८, २६ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु-राष्ट्यि जनता पार्टी र समाजवादी पार्टी विच एकता भएको थिएन् मात्र एकता गर्ने प्रयास भएको हो पूर्व मन्त्रि राजेन्द्र महतोले बताउनु भएको छ । कपिलबस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको छ ।

मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी आएको पूर्व मन्त्री महतोले बताउनु भयो । उहाँले हामीले पार्टीलाई एकता गर्ने प्रयास मात्र गरेका थियौं । मधेशका जनताको चहना र माग अनुसार हामी पार्टी एकता गर्ने प्रयास अगाडी बढाएका पूर्व मन्त्री महतोले बताउनु भयो ।
साथै उनले भने जनता समाजबादी पार्टीको निर्माण राजपाले गरेको हो उपेन्द्र यादवले होइन् । समयमा नै मधेशलाई खण्डीत गर्नेको पहिचान भईसकेको पूर्व मन्त्रि महतोले बताए । साथै अधिकार पहिचान चाहने जनता मिलेर संघर्ष गर्नेु पर्ने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सर्बेन्द्र नाथ शुक्ला, अकवाल अहमद शाह, रजिदत्त मिश्रा, लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख उमाकान्त झा, जसपा नेता जनसन शर्मा, सन्तराम अग्रहरी लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम जसपा नेता जनसन शर्मा, प्रदीप अग्रहरी, मधुसुदन शरण चौधरी लगायतको सहभागित रहेको थियो । कैलास अग्रहरीको अध्यक्षता, कमलेश चौधरीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रजनिस पाण्डेयले गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu