Connect with us
Kapilvast Forest

सुपर कपको उपाधि चेल्सीलाई

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

एजेन्सी-यूईएफए सुपर कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले उपाधि जितेको छ। नर्दन आयरल्याण्डस्थित विन्डसोर पार्कमा १३ हजार दर्शकबीच सम्पन्न खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले उपाधि जितेको हो।

खेलको २७ ‍औं मिनेटमा हाकिम जियाचको गोलमा चेल्सीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले चेल्सी अघि रहे पनि दोस्रो हाफमा भिल्लारियलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। भिल्लारियलका लागि जेराड मोरानोले ७३ औं मिनेटमा गोल गरेका थिए।

निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै टिमले गोल थप्न सकेनन्। र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ चेल्सीले ६-५ ले जित निकाल्न सफल भयो।

योसँगै चेल्सीले दोस्रो पटक सुपर कपको उपाधि जितेको छ।युईएफए सुपर कपमा अघिल्लो सिजनको च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच प्रतिस्पर्धा हुन्छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu