Connect with us
Kapilvast Forest

चितवनमा एक लाख १६ हजारले लगाए पूर्ण मात्राको खोप

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

भरतपुर –चितवनमा एक लाख १६ हजार भन्दा बढीले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहिबारसम्म एक लाख १६ हजार ८२४ जनाले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् ।

२९ हजार २९१ जनाले कोभिसिल्ड, ५० हजार १६ जनाले भेरोसेल र ३७ हजार ५१७ जनाले जान्सेनको पूर्ण मात्राको खोप लगाएका स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताउनुभयो ।

खोपको पूर्ण मात्राका लागि कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेनको एक मात्रा मात्र लगाए पुग्छ । कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाले आज(शुक्रबार) लगाइरहेका छन ।

ढकालका अनुसार एक लाख २० हजार दुई जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । ३९ हजार ९२१ जनाले कोभिसिल्ड र ८० हजार ८१ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । उनीहरुले दोस्रो मात्रा लगाउन बाँकी छ ।विंस। २०६८ को जनगणना अनुसार चितवनमा पाँच लाख ७९ हजार रहेको छ । २०७८ मा हुनुपर्ने जनगणना कोरोना महामारीका कारण हुन सकिरहेको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu