कोइली खोलामा बेपत्ता पशुपति अझै फेला परेनन्, खोजीकार्य जारी
कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका ९मा रहेको कोइली खोलाले बगाएर बेपत्ता पुरुष अझै फेला परेका छैनन् । अर्घाखाँचीका ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता हुनु भएको थियो ।
बेपत्ता भएका पौडेलको बिहिबार बाटनै खोजीकार्य गरिएपनि अझैसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्रबल, गोताखोरटोली सक्रियताका साथ लागि परेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा समस्या भएको प्रहरीले जनाएको छ ।