Connect with us
Kapilvast Forest

प्रहरीको गाडीबाटै थुनुवा फरार

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ -जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगन्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसो करिब ३ न्यूरोडबाट भागेको प्रहरीले जनाएको छ ।

पीसीआर गराएर प्रहरीको गाडीमै अन्य थुनुवासहित परियारलाई जनसेवाको हिरासतमा लैजाने क्रममा न्यूरोडबाट भागेको जनसेवाका डीएसपी दिलबहादुर मल्लले बताउनु भयो । उहाँका अनुसार परियार भागेको र उहाँको खोजी जारी रहेको छ ।

बलात्कार आरोपमा पक्राउ परेका परियारलाई प्रहरी अस्पतालमा पीसीआर परीक्षणका लागि लगिएको थियो, त्यही क्रममा फर्किँदा न्यूरोडमा सवारी जाम भयो, त्यही मौकामा उहाँ भागेको पाइयो, यसमा प्रहरीबाट कमी कमजोरी भएका छन् । जस विषयमा पनि अनुसन्धान गरिरहेका छौं उहाँले भन्नु भयो ।

तर, प्रहरी अस्पतालबाट फर्किएपछि थुनुवा भाग्नसक्ने सम्भावनालाई समेत सँगै रहेका प्रहरीले हेलचेक्र्याइँ गरेको पाइएको छ । अरु बेला थुनुवालाई स्वास्थ्य परीक्षण वा म्याद थपका लागि अदालत लैजाँदा सबैलाई हत्कडी लगाइने गरिएको थियो । तर शुक्रबार परियारलाई हत्कडीसमेत नलगाएको पाइएको छ । अरु थुनुवालाई हत्कडी लगाइएको थियो तर परियारलाई किन लगाइएन भन्‍नेमा पनि आशंका उब्जिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu