Connect with us
Kapilvast Forest

पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं । नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।

सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गरेका हुन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन्।


प्रधानमन्त्री ओली उपचारमा जाने भएपछि यसअघि नै कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो। प्रधानमन्त्री ओली उपचारका लागि यही भदौ ५ गते सिंगापुर गएका थिए।

प्रधानमन्त्रीले प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्मा पेस भएका एजेन्डामा छलफल र आफ्नो धारणा राखेका थिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो।

प्रधानमन्त्री सिंगापुर रहुन्जेलसम्म भिडियो कन्फ्रेन्सबाटै बैठक हुने उनको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu