बागमतीमा डोरमणि पौडेलले राजीनामा दिने तयारी ,अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै
काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्नुहुने भएको छ ।शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले दिनुभयो । अहिले संसदीय दलको बैठक जारी रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाउनुभएको छ । शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी भइरहेको छ।