Connect with us
Kapilvast Forest

निजी इन्जिनियरिङ कलेजविरुद्ध विद्यार्थीको प्रदर्शन

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं – निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले चर्को शुल्क लिने निजी इन्जिनियरिङ कलेजलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।

 

एशोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालले बुधबार विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई अनलाइन कक्षाको शुल्कमा १० प्रतिशत भन्दा बढी छुट दिन नसक्ने उल्लेख गरेका छन् । विद्यार्थीहरुले निजी कलेज सञ्चालकको भनाइप्रति आपत्ति जनाउँदै यस विषयमा इन्जिनियरिङ अध्ययन संस्थान बोल्नुपर्ने बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu