प्रचण्ड माधवको नेता देउवा, कांग्रेसको पुच्छर समाएर सरकारमा :सह इन्चार्ज न्यौपाने
कपिलवस्तु –नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले प्रचण्ड र माधव नेपालको नेता देउवा भएको बताउनु भयो । एमाले जिल्ला अधिवेशन आयोजक समितिको पार्टी पुर्ण बैठकमा बोल्दै न्यौपानेले सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको बताउनु भयो । बैठकमा सम्वोदन गर्दै उहाले भन्नु भयो ,‘ साथीहरुले भन्नु हुन्छ प्रतिगमनका बिरुद्ध लडाई गरेर जित्यौ । त्यसो होइन कान्तिकारीको विरुद्ध लडेर प्रतिगमनको बाटो समाएको बताउनु भयो । ’
पार्टी फुटाउन भारत लगायत विदेशी शक्तीको योजना रहेको उहाँले खुलस्त पार्नु भएको थियो । एन जि ओ माध्यमबाट तारे होटेलमा नेता डलरको तलव खाएर पार्टी फुटाएको आरोप लगाउनु भयो । पार्टी फुटाउन द्धन्द्ध बढाउनका लागि विदेशी शक्तीले एक व्याक्ती एक पद भन्दै आवाज उठाएर सुरु भएको दावि गर्नु भयो । बिस्तारै थप बिवाद गराउन बामदेव लाई संविधान संशोधन गरी प्रधानमन्त्री बनाउन लविङ गरेको बताउनु भयो ।
प्रचण्ड प्रति ईंगित गर्दै उहाले प्रचण्ड जता गए त्यही पार्टी फुटालेर छाड्ने आरोप लगाउनु भयो । उहाँले सुरुमा बाबुराम त्यसपछि बैध, विप्लव लखेटेको बताउँदै उहाँको काम पार्टी बनाउने भन्दा पनी विगार्ने रहेको उल्लेख गर्नु भयो । कांग्रेस उचालेर एमाले लखेटने फेरी एमाले उचालेर लखेटने खेलमा सधै लागेको आरोप रहेको थियो । बैठकलाई सम्वोदन गर्दै उहाँले कार्यकर्तालाई निर्वाचनको तयारी गर्न समेत अनुरोध गर्नु भएको थियो ।
सभालाई सम्बोदन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लिला गिरीले माधव नेपालले कुर्चीको लागि पार्टी फोडेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो, ‘ ओली कमरेडको पनी व्यक्तीगत रुपमा कमी कमजोरी होलान तर राष्ट्रको लागि काम गर्दा कुनै कमजोरी भएको छैन । नेपालमा कम्युनिष्ट बलियो भएको कारण भारत, युरोपेली युनियन र सम्राज्यवादी मुलुकले फुटाउन खोजेको छ । उनीहरुले मानिस परिचालन गरी माधव नेपाललाई उचालेका छन् ।
नेता गिरीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हट भन्न नमिल्ने टिप्पणी गर्नु भयो । महाधिबेशन गरौ भन्दा भाग्ने चोर बाटोबाट अध्यक्ष माग्ने धारण गलत गरेको दावि गर्नु भयो ।
नेकपा एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयोजक कमिटीमा सहभागिहरुले जनतामा एमाले प्रतिको विश्वास बलियो रहेको औल्याएका छन् । मायाज होटेल गोरुसिङ्गेमा सम्पन्न बैठकमा जनतामा फैलाएको भ्रम चिर्दै अगाडी बढने प्रतिवद्धता गरेका छन् । एमाले कार्यकताहरु गाउँ गाउँ पुग्दा सरकारमा रहँदा काम गर्न खाज्दा पार्टी भित्रबाट समस्या परेको हुँदा काम गर्न नदिएको जनताको गुनासो आएको बताए । बैठकको सम्वोदन गर्दै राष्ट्रिय सभा सांसद तथा एमाले केन्द्रिय सदस्य विमला घिमिरेले देउवा सरकारले एक महिना पुग्दा केही गर्न नसकेको बताउनु भयो । एमाले सरकारबाट बाहिरीए पनि जनताले सरकारमा हुँदा गरेका कामको प्रशंसा भएको उहाँको दावि थियो ।
यसै गरी एमाले प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव समेत हुनु भएका नेता बलराम अधिकारीले कपिलवस्तुमा सबै साथीहरु एमाले भित्र रहेको र प्रत्यक्ष सम्पर्कमा रहेको बताउनु भयो । बैठकले असोज ३ गते सबै पालिका भरी वडा अधिवेशन र ९ गते नगर तथा गाउँ अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जन संगठनको बैठक भेला तथा कमिटी निर्माण गर्ने र पार्टी सदस्यता नविकरणको लागि भदौ ११ गते सम्म समय थप गर्ने निर्णय गरेको पार्टी अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । बैठकले नेपाली नारीहरुको चाड पर्व हरीतालिका तिजको अवशरमा शुभकामना समेत व्यक्त गरेको छ । बैठकमा एमाले जिल्ला सहयोंजक नेता डम्मर शर्माले स्वागत र धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।