Connect with us
Kapilvast Forest

खोलामा माछा मार्दा करेन्ट लागेर युवाको मृत्यु

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

 

विराटनगर- खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा शनिबारसाँझ एक युवाको मृत्यु भएको छ ।
स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार माछा मार्न खोलामा प्रवाह गरिएको करेन्ट आफैलाई लागेपछि विष्णुको घटनास्थलमै मृत्यु भएको हो ।

 

घटनापछि उनीसँगै माछा मार्न गएका उर्लाबारी–१ का २८ वर्षीय लालबहादुर जोगी, मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५० वर्षीय मिलन राईसहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu