Connect with us
Kapilvast Forest

वाणगंगाको मधौली वनमा रहेको लभ पार्क अनिश्चितकालको लागि बन्द

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

पशुपति गिरी,कपिलवस्तु -कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा न ५ मधौली वनमा निर्माणाधीन लभ पार्क आर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द गरिएको छ।दिन प्रति दिन धेरै भिडभाड भए पछि कोभिडलाइ मध्यनजर गर्दै अको सुचना नआउँदा सम्म उक्त पार्कमा भिडभाड गर्न निशेध गरेको छ  ।
आज   रक्षा बन्धनको अवसरमा उक्त पार्कमा  अनुमानित दुई हजार बढी मानिसको चहलपहल भएपछि कोरोनाको मापदण्ड उल्लंघन हुने डर बढेको भन्दै उक्त पार्कमा इलाका प्रहरी कार्यालय पिपरा र प्रहरी पोष्ट कोपवाका सहिले ताला लघाएर पार्क बन्द गरेका थिए।त्यस ठाउँमा माक्सबारे सचेतना फैलाउदै गर्दा पर्यटकले नमानेपछी युथ युनिटी वेल्फेयर एसोसिएसन(युवा) का सदस्यहरुले इलाका प्रहरी कार्यालय पिपराका प्रमुखसँग सो कुरा राखेका थिए।
इलाका प्रहरी कार्यालय पिपरा प्रहरी चौकी कोपवा र युवाको संयुक्त प्रयासमा त्यस पार्कबाट सबै पर्यटकलाई बाहिर निकालि ताला लगाइएको थियो।प्रहरीले अवस्था सहज नहुँदा सम्ममा लागि पार्क नखोल्न समेत अनुरोध गरेको छ।युवा संस्थाका सदस्यहरुले कोरोना सम्बन्धि कुरामा सबै सचेत हुनुपर्ने र स्वास्थ्य जीवननै अहिलेको प्रमुख चुनौती भएकाले उक्त पार्कमा भैरहेको चहलपहल बन्द गरि स्वास्थ्य मापदण्ड अपनाएर मात्र पार्क सुचारु गर्नुपर्ने माग गरेका थिए।
मधौली वन व्यवस्थापन समिती अध्यक्ष खडानन्दा गौतमले अवस्था सहज भैसकेपछी उचित व्यवस्थापन सहित पार्क सुचारु गरिने जानकारी दिनु भएको छ।समयमै सुचना दिएर सबैलाई कोरोनाबाट जोगिन युवा संस्थाले खेलेको भुमिका उदाहरणीय रहेको भन्दै वन व्यवस्थापन समिती अध्यक्ष र प्रहरीले युवालाई धन्यवाद समेत व्यक्त गरेका छन।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu