झुण्डिएको अवस्थामा शिशुसहित दम्पतीको शव फेला
काठमाडौं-झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ। कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।