Connect with us
Kapilvast Forest

गण्डकी सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

पोखरा- गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नु भयो । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण गर्नुृ भयो ।

प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने भनाइ राखे ।

सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।प्रदेशका प्रमुख सचिव डा। दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल हुनुपर्ने बताउनुभयो ।अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu