Connect with us
Kapilvast Forest

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी भएको छ । नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले आचार्यलाई संसदीय नेता चयन गर्ने छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेलगत्तै मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने बुझिएको छ ।

आचार्यको आजै सपथ गराउने तयारी भईरहेको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ । विगतमा माधवकुमार नेपालको पक्षधर आचार्य एमालेमै रहने निर्णयमा पुग्नुभएको छ । उहाँको यो निर्णयपछि मुख्यमन्त्री दिइएको बुझिएको छ । यसअघि बागमती प्रदेशमा पनि माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu