जनगायक जेबी टुहुरेको निधन
काठमाडौं-जनगायक तथा संविधानसभा सदस्य जेबी टुहुरेको निधन भएको छ । उहाँको उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको कलाकार मधु गुरुङले बताउनुभयो ।
टुहुरे यस अघि सांस्कृतिक संस्थानका महाप्रवन्धक पनि भइ सक्नु भएको थियो । उहाँको पार्थीव शरीरलाई १ बजेबाट १ः३० बजेसम्म नेकपा माओवादी केन्द्रको केेिन्द्रयकार्यालय पेरिस डाँडामा राखिने भएको छ । त्यसपछि पशुपति आर्याघाटमा अन्तिम संस्कार सम्पन्न गरिने कलाकार राजेश थापाले बताउनु भयो । उहाँका आमा दिदी बहिनी हो कति बस्छौ दासी भई…. बोलको गीन निकै चर्चित छन् । टुहुरेका श्रीमती तीन छोरी र एक छोरा हुनुहुन्छ ।