आज मुख्यमन्त्री बन्नुभएका भीम आचार्यका भाई मृत फेला
इटहरी – आज प्रदेश १ का मुख्यमन्त्री बन्नुभएका भीम आचार्यका भाई घरमा मृत फेला पर्नु भएको छ । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाई राम आचार्य इनरुवा ३ को आफ्नै घरमा मृत फेला परेको स्रोतले जानकारी दिएको छ ।
प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा दिनुभएको थियो । उहाँले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
निवर्तमान मुख्यमन्त्री शेयरधन राईले राजीनामा दिएसँग आचार्य मुख्यमन्त्री बन्नुभएको हो । आजै बसेको प्रदेश १ एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलनको नेता चयन गरेको थियो ।