Connect with us
Kapilvast Forest

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतको टोली घोषणा

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण दुई खेल खेल्दैछन् । भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी छन् ।

नेपाली टोली भने बन्द प्रशिक्षणका लागि पोखरामा छ । नेपाली टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा छन् ।

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेल बराबरी भएका छन् ।

मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता साफको तयारी गर्न दोहा जाने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । साफ च्याम्पियनसीप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुँदैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu