Connect with us
Kapilvast Forest

काठमाडौँको फोहोर उठ्न थाल्यो

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं-सिसडोलबासीको अवरोधपछि उठ्न छोडेको काठमाडौँको फोहोर आज बुधबारदेखि उठ्न थालेको छ । मंगलबार बेलुका काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबिच फोहोर व्यवस्थापन गर्न दिने गरि ९ बुँदे सहमति भएपछि फोहोर उठ्न थालेको हो।

मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको हो। काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने सम्भावना बढेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu