Connect with us
Kapilvast Forest

खोलाले बगाएर ल्याएकाे महिलाकाे शव फेला

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

file death

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीमा भैरी खोलाले बगाएर ल्याएकाे अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेको प्रहरीले जनाएको छ ।​भैरी खोलाले बगाएर ल्याएको ती महिलाको शव पराजुली खोलामा नपुग्दै बिउराखेत नजिक खोलाको किनारामा फेला परेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । गोगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका कोही छन् कि भनेर खोजबिन गर्दा समेत पत्ता नलागेकोले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताउनुभयो ।​

ती महिलाले गौतमबुद्धको चित्र अंकित खैरो टीसर्ट र सुरुवाल लगाएको अवस्थामा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu