Connect with us
Kapilvast Forest

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री खनालको राजीनामा स्वीकृत

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

 

 

हेटौँडा-बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले राजीनामा दिनुभएको र सो राजीनामा मुख्यमन्त्री शाक्यले स्वीकृत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिनुभएको हो । मन्त्रालयको वेभसाइटबाट समेत मन्त्री खनालको नाम हटाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा मन्त्री खनालले मङ्गलबार प्रदेश निर्वाचन कार्यालय, हेटौँडा पुगेर सनाखत गर्नुभएको थियो ।

खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।प्रदेश सभाका सदस्यहरु राजेन्द्र पाण्डे, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईँ र पार्वती सिलवालले एमाले छाडेर एकीकृत समाजवादी रोज्दै सनाखत गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन भदौ २ गते खनाललाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । खनालसहित १२ जना प्रदेश सभाका सदस्यहरुले एकीकृत समाजवादीमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको छ । प्रदेश सभामा हाल कायम रहेको १०९ प्रदेश सभा सदस्यमा एमालेका ५५ जना प्रदेश सभा सदस्य छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu