कृष्णनगर प्रहरीद्वाराअबैध कपडा बरामद
कपिलवस्तु- कपिलवस्तुमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अबैध कपडा बरामद गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं।८ बहादुरगंजबाट बुधबार सो कपडा बरामद गरिएको हो । प्रहरी निरीक्षक रण बहादुर बिष्टको कमाण्डमा ६ जनाको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको संयुक्त टोलिले चेकिङ गर्ने क्रममा कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार बोरामा पोको पारी २ ओटा मोटरसाईकलमा लोड गरी अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको र चेकजाँच गर्न खोज्दा प्रहरीलाई देखी सोही स्थानमा मोटरसाईकल र सामान छाडेर मानिसहरु फरार भएको थिए ।
बरामद गरिएको कपडा कोट पाईन्टको थानको कपडा र लेडिज सुट, सुरुवाल पिस कपडा रहेको अन्दाजी मूल्य करिब ४ लाख १९ हजार ६ सय पर्ने बताईएको छ । बरामद गरिएकोकपडार मोटरसाईकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कृष्णनगर पठाईएको प्रहरीले जनाएको छ ।