थपिए १ हजार ६१९ कोरोना संक्रमित, १ हजार ८४६ संक्रमणमुक्त
काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ छ ।नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ ।