Connect with us
Kapilvast Forest

रुपन्देहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला, शवको सनाखत हुन सकेन

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

file death

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।बिहीबार तिलोत्तमा नगरपालिका–७ हरैयास्थित ३६ कुलोमा नाम थर ठेगाना नखुलेको अन्दाजी ३२ बर्षीय पुरुषको शव फेला परेको हो ।

शुक्रबार बिहानसम्म शवको सनाखत हुन नसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिनुभयो ।