Connect with us
Kapilvast Forest

फेसबुकले ल्याउँदैछ नयाँ मेसेजिङ एप

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

 

 

सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।

उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

थ्रेड एपलाई यस्तो प्रकारले डिजाइन गरिएकेा छ कि जसमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना क्लोज फ्रेण्ड लिस्टमा भएका मानिसहरुसँग आफ्नो लोकेसन, स्पीड तथा ब्याट्री लाइफ शेयर गर्नका लागि इन्भाइट गर्न सक्नेछन् ।योसँगै इन्स्टाग्रामको क्रियटिभ टुल्सका माध्यमबाट आफै टेक्स्ट, फोटो तथा भिडियो मेसेज जस्ता सोसल मिडिया पोस्टहरु पनि शेयर गर्न सकिनेछ ।

यो एपको प्रयोग इन्स्टाग्रामका क्लोज फ्रेण्डका लागि गर्नका लागि डिजाइन गरिएको भएपनि अहिले यसको परीक्षण फेसबुकको प्लाटर्फममा भैरहेको छ । इन्स्टाग्रामकालागि यो एप कहिले लञ्च हुने भन्ने आधिकारिक जानकारी फेसबुक दिएको छैन ।

स्मरण रहोस् गत जनवरी महिनामा फेसबुकले एक घोषणा गर्दै ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम जस्ता सर्भिसहरुलाई मर्ज गर्ने योजना बनाइरहेको जनाएको थियो ।यदि यसो भएमा प्रयोगकर्ताहरुले एक एपबाट अर्को एपमा स्विच नभईकनै एक अर्काका प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछन् । एजेन्सीको सहयोगमा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu